Flash

काठमाण्डौ मंगसिर ११-बुझिदेउ, बोलको गीतबाट सफलता प्राप्त गरेका गायक राज लिम्बुले फेरी पनि अर्को मन लोभ्याउने गीत  “हाउ लुङ्वा” सार्वजनिक गरेका छन् । यौनिक तथा अल्पसंख्यक समुदाय प्रति समर्पित गीत “बुझिदेउ“ बाट उनलाई नेपाली सांगीतिक अशंख्य श्रोता तथा दर्शकहरुले अझै शसक्तता स्वरूप लाग्न प्रेरणा प्रदान गरेका थिए । फल स्वरूप राजले “हाउ लुङ्वा” बोलको गीत वजारमा ल्याएका हुन् । गीतमा नेपालको पुर्वी भागको चलन र लिम्बु जातिको संस्कारमा आधरित नाच (धाननाच ) र गाउने गीत (पालाम ) को कुरालाई बर्णन गर्दै केहि फ्युजनका साथ् प्रस्तुत गरिएको छ ।

प्रस्तुत गीतमा स्वर, शब्द र संगीत गायक स्वयम् राज लिम्बुको रहेको छ ।  गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् । म्युजिक भिडियोमा गायक तथा पछिल्लो समय अभिनयमा पनि सक्रिय रुकमान लिम्बु र प्रिया लिम्बुको अभिनय देख्न सकिन्छ । अनिल रानाले भिडियो सम्पादन गरेका हुन । भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो । राज लिम्बुको अफ़िसिएल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-11-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ