Flash

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल कलाकारहरुको तर्फबाट जसरी हुन्छ उत्कृष्ट गीतहरु बजारमा ल्याउने चाहना हुने गर्दछ । सोहि अनुरुप यतिबेला निलिमा साम्पाङ्ग राईले निकै मेहेनतका साथ् “जुन दिन देखि” बोलको गीत बजारमा ल्याउन सफल भएकी छिन् । अशंख्य श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै पछिल्लो पटक धेरै वियोगान्त गीतहरु बजारमा आउने गरेका छन् । तर यस गीतबाट आफुले चाहेको मान्छे पाउँदा अपार खुसि प्राप्त गरेको संयोगान्त भाव बुझ्न सकिन्छ ।

हुन पनि कसैलाई मन देखि मन पराइन्छ र उसै संग संगै जिउने र संगै मर्ने बाचा गरिन्छ भने त्यो सम्बन्ध छुट्दा जो कोहीको पनि मन सम्हाल्न गाह्रो हुने गर्दछ। त्यहि परिस्थितिको ठिक बिपरित यो संयोगान्त भाव समाबेस गीतमा प्रस्तुतकर्ता स्वयम् निलिमा साम्पाङ्ग राईको नै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई शब्द रचना सागर राउत र निलिमा साम्पाङ्ग राईले नै भरेका हुन् भने संगीत रात रोबोट अज्नबीको रहेको छ ।

“जुन दिन देखि” बोलको गीतको म्युजिक भिडियोमा कल्पना माबोको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन, छायांकन तथा सम्पादन सन्तोष माबो ले नै गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई प्रबासमा नै छायांकन गरिएको हो । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-11-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ