Flash

राजु बोहरा–काठमाडौँ । भेगीय हिसाबले नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका गीतहरु बजारमा आउने गरेका छन् । यस भित्र कसैलाई काँठे गीत मन पर्न सक्दछ, कसैले पश्चिमेली त कसैलाई पुर्बेली । खानाको परिकारमा कसैलाई गुन्द्रुक त कसैलाई मासु मन परे झैँ यतिबेला काँठे गीत मन पराउनुहुने श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै “लौन कान्छी खै” बोलको एक गीत भर्खरै बजारमा आएको छ । प्रस्तुत गीत सुर्यमणि आचार्य र पुरसोत्तम धितालको नाममा बजारमा आएको हो ।

गीतमा सुर्यमणि आचार्य, पुरसोत्तम धिताल र गंगा ठकुरीको सुमधुर स्वर सुन्न सकिन्छ । सुर्यमणि आचार्य द्वार स्वर बद्ध यस भन्दा पहिलेको गीत “ए है काली” रहेको थियो उक्त गीतलाई सम्बन्धित कलाकारहरुले नसोचेकै सफलता प्राप्त गरेका थिए । सोहि अनुर्जुप यस गीतलाई पनि उत्तिकै मन पराइदिनु हुनेछ भन्ने बिश्वासमा निर्माण युनिट रहेको छ । “लौन कान्छी खै” बोलको गीतलाई लय सुर्यमणि आचार्य र पुरसोत्तम धितालले भरेका हुन् भने शब्द संगम थापाको रहेको छ ।

गीतको मिठासता जस्तै भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा सन्जिब ठकुरी र रिना थापा मगरको आकर्षक अभिनय देख्न सकिन्छ । संगम थापा द्वारा निर्देशित भिडियोलाई कोरियोग्राफ अमोन राना, छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-11-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ