Flash

राजु बोहरा–काठमाडौँ । मौसम गुरुङ्ग , सुनिल पाठक र बिन्दु परियारको स्वरमा “टुना मुना” बोलको गीत भर्खरै बजारमा आएको छ । बिशेष गरेर मन्द बिटको गीतमा सर्वाधिक रुचाइएका गायक मौसम गुरुङ्ग पछिल्लो समयको बजारमा आएको माग भन्दा पर पुग्न सकेनन् । आहिले मन्द बिटको गीत भन्दा पनि फास्ट र रोमान्चक गीतहरु नै श्रोता तथा दर्शकहरुको नजरमा पर्ने गरेको छ । त्यसो त यस भन्दा पहिले पनि मौसम गुरुङ्गको स्वरमा फास्ट बिटको गीत बजारमा नआएका होइनन् ।

उनले सालैजो, कौरा गीत मार्फत पनि आफ्ना श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । तर ति गीत भन्दा केहि फरक र चलनचल्ती अनुसार तयार गरिएको “टुना मुना” यस गीतबाट पनि अशंख्य श्रोता तथा दर्शकहरुको मनमा स्थान पाउने आशा गर्दै मौसमले सबै संचारकर्मीहरुलाई यस गीतको प्रचार-प्रसारका निमित्त सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् ।

सितल सिजन डिजिटल प्रालि मार्फत सार्बजनिक गरिएको यो गीत सुनिल पाठकको प्रस्तुतिमा बजारमा आएको हो । गीतलाई लय तथा शब्द सिर्जना दिपक बसन्त कार्कीले भरेका हुन् । सर्जक दिपक अहिले जापानमा रहेका छन् । जापान रहेर पनि उनले गरेका सृजनाहरु बाट धेरै श्रोता तथा दर्शकहरुको मन जित्ने गरेको छ । “टुना मुना” बोलको गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र वर्षा सिवाकोटीको आकर्षक नृत्य सहितको अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन शिब बि.क ले गरेका हुन् भने छायांकन अर्जुन तिवारी, दिपु मगर र सम्पादन बिकाश ज्ञवालीले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-11-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ