Flash

राजु बोहरा–काठमाडौँ । म्युजिक भिडियोमा “बोल माया” बोलको गीतबाट उचाई प्राप्त गरेकी अन्जली अधिकारी अहिले “पिपलु लाई साथि त समी छ” मा आइपुगेकी छिन् । अहिले उनि द्वारा अभिनित कुनै पनि म्युजिक भिडियो उत्कृष्ट हुन्छ भन्ने छाप नेपाली गीत संगीतको अनुरागीहरु माझ बसिसकेको छ । यस गीतको म्युजिक भिडियोमा बाध्यता र बिवस्ताको कारण आफ्नो घरको मान्छे पर्देशिन पुगेपछि मन बहलाउन रोधीमा पुगेर बिगत सम्झिदै गरेको कथा उनि द्वारा अभिनित म्युजिक भिडियोमा समाबेस गरिएको छ ।

सुमी ढकाल र सुसिला कार्कीको प्रस्तुतिमा बजारमा आएको यस गीतमा राजेन्द्र भण्डारी, सुमी ढकाल र सुसिला कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सुमी ढकाल र शब्द डी.बि खड्काले सजाएका छन् । मेनुका डिजिटल प्रालिले सार्बजनिक गरेको “पिपलु लाई साथि त समी छ” बोलको गीतको म्युजिक भिडियोमा महेन्द्र गौतमको पनि अभिनय देख्न सकिन्छ ।

भिडियोलाई स्मृति तिमल्सिना (गुरुआमा” ले गरेकी हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

Published date : 2019-11-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ