Flash

विराटनगर ।

नेपाली लोक दोहोरिको क्षेत्रमा स्टेज किङको पहिचान बनाएका चर्चित लोक दोहोरी गायक नवीन पौडेलले पछिल्लो गीत फुलेको तोरिलाइ बैँस आको छोरिलाइ जोगाउनै गाह्रो बोलको गित बजारमा आएको छ। समाजका बिकृती बिसङ्गती कुरितिहरुलाइ जस्ताको तस्तै गीतमा उतारेर सम्पुर्ण नेपालिको मन मनमा बस्न सफल गायक पौडेल स्टेजमा धुम मच्चाउन सिपालु छन। नेपाल मा मात्र होइन जापान, दुबई, बङ्गलादेश लगायत धेरै ठाउमा गएर स्रोता तथा दर्शकको मन जितिसकेका छन।
महिला पुरुष एक रथको दुई पाङग्रा भए पनि त्यस सम्बन्ध बिचको समस्यालाई गितमा समेटिएको छ । गीतको मुख्य अंश यस्तो छ ।
चार बजे स्कुल बाट घरमा आइनन भनी
बस्नुपर्छ बाउ आमाले औँला गनि गनि( जोगाउनै गाह्रो फुलेको तोरिलाइ हुर्किएकी छोरिलाइ जोगाउनै गाह्रो
मौरी बाट तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो।
साच्चिकै गीतको पङ्तिले भनेजस्तै नेपाल को परिबेश त्यस्तैमा घुमिरहेकोछ।
गायक पौडेलले यस अघि
के सम्झनु छ र जान्न मत त्यो घर
रातो डोरि कपाल लर्केको
सत्य खान्छु कसम
आजै भेट भाको बटौली आको म परेँ पाल्पाको
श्रीनगर बतासे डाडैमा
यस्तै हुन्छ भन्नेभा लाउने थिइन माया बुढिकन्या बन्नेभा
हरेक जातजाती छौँ नानाथरी
बुलाकी लाउदिनौ झुम्काना लाउदिनौ
ए हजुर सुन्नुभाछ र
सत्यकुरा बोल्छु नेपालमा आम्दानी राजनितिमा रैछ यहि बर्ष भित्रमा नया पार्टी खोल्छु
दुखका दिन गए लगायत का दर्जनौ गीत हरुले बजारमा अमिट छाप छोडिसकेका छन।
बैँस आकी छोरीमा नवीन पौडेलको लय शब्द अनि स्वर रहेको छ। पुर्णकला बिसि र भुमिका शाहले स्वरमा साथ दिएका छन। यसमा चर्चित हास्य कलाकार शिबहरी पौडेलको जिवन्त अभिनय हेर्न सकिन्छ। आमाको भुमिकामा रेखा थापा र छोरिको भुमिकामा टीका जैशिले साथ दिएका छन। यो गीतलाइ रक्षा म्युजिकले बजारमा ल्याएको छ। गितलाई स्रोता तथा दर्शकको मायाले नै आफुलाई आजको स्थानमा ल्याई पुर्याएको नविनले बताएका छन् । आगामी दिनमा समाजमा भएका यथार्थपरक घटनालाई लिएर गित गाउने उनको भनाई छ ।

Published date : 2018-01-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ