Flash

नेपाली सङ्गीत आकाशमा मीठो ‘सगुन’ लिएर उदाएकी गायिका सुमिता राईको डेब्यु एल्बम ‘सगुन’ भित्र समावेश गीत “कोही भन्छन् फुल मलाई”को म्युजिक भिडियो सार्वजनिक भए संगै दर्शक माझ लोकप्रिय बन्दै गैरहेको छ । प्रतिभाशाली गायिका राईको केहि दिन पहिला मात्र सार्वजनिक म्युजिक भिडियो “कोही भन्छन् फुल मलाई” गीतका शब्द मुकेश राईले लेखेका हुन् भने गीतमा संगीत बिक्रम राईको रहेको छ । पुरुषोत्तम सुवेदीले गीतको संगीत संयोजन गरेका हुन् ।
भिडियोमा विभिन्न भेषभुषामा सजिएकी नायिका केकी अधिकारीको सुन्दर नृत्य देख्न सकिन्छ । नेपालको विभिन्न रमणीय ठाउमा शुट गरिएको भिडियोलाई अकिल बजगाईले छायांकन गरेका हुन् । प्रकाश एसकेले भिडियो सम्पादन गरेका हुन् ।
गोबिन्द राईको कन्सेप्ट तथा निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो खरुन राईले निर्माण गरेका हुन् l सुमिता राईको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ ।
नेपाली सङ्गीत आकाशमा श्रोताका लागि मीठो ‘सगुन’ लिएर उदाएकी गायिका विगत १५ वर्षदेखि यूके बस्दै आएकी छिन । राईलाई सानैदेखि गीत , सङ्गीतमा गहिरो अभिरुची भएपनि विविध कारणले एल्बम प्रकाशन गर्न सकेकी थिईनन ।केहि महिना अघि नेपालमा एक कार्यक्रम गरि उनको एकल एल्बम “सगुन” बिमोचन गरिएको थियो।

Published date : 2019-12-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ