Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै निकै उत्कृष्ट उत्पादनहरु बजारमा आइरहेका छन् । कुनै पनि गीतमा गरिएको लगानी फिर्ता नहुने स्थितिमा पनि मात्र स्टेज कार्यक्रमको भरमा कलाकारहरुले बिभिन्न गीत संगीत हरु पस्कीरहंदा हामि सम्पूर्ण संगीतका अनुरागीहरुले प्रसंसा गर्ने पर्छ । यस्तै पछिल्लो पटक प्रसंसाको पात्र हुन आएका छन् मेगनाथ ढुंगाना (गोबिन्द) । उनि भर्खरै मात्र “पल्टनको लाहुरे” बोलको गीत मार्फत बजारमा आएका हुन् । प्रस्तुत गीतमा चिनु घर्ती र मेघनाथ ढुङ्गनाको स्वर सुन्न सकिन्छ ।

माधव थापाको लय तथा शब्द सिर्जना द्वारा सजिएको उक्त गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर बजारमा आएको छ । सुनाखरी मल्टी मिडिया फाउन्डेसन नामक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतको म्युजिक भिडियोमा शुक्र लामा, सिर्जना किराँती, मेघनाथ ढुङ्गना र प्रनिता केसीको सुन्दर अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन जनकराज अधिकारी र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-12-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ