Flash

गायक दिपक लिम्बुको नयाँ गीत “बिहानीको शितल” सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा गायक लिम्बुले आफुलाई मन पर्ने व्यक्ति प्रति प्रेमभाव दर्शाएका छन ।
गीतमा स्वर दिपक लिम्बुको रहेको छ भने , शब्द हाल अमेरिकामा बसोबास गर्दै आइरहेका बालकृष्ण न्यौपानेको रहेको छ। गीतमा मिठो संगीत भर्ने काम सुनिल राईले गरेका हुन् । बिनोद भुजेलले संगीत संयोजन गरेका हुन् ।
“बिहानीको शितल” एल्बम भित्र संग्रहित गीतको म्युजिक भिडियो लाई बिके क्रियशन नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । दुर्गा धिमाल न्यौपानेको निर्माणमा भिडियो तयार भएको हो ।
म्युजिक भिडियोमा सनम कठायत र सुशिला थापाको अभिनय रहेको छ । भिडियोमा मुकेश हुमागाईको छायांकन रहेको छ । टेकेन्द्र शाहले भिडियोलाई सम्पादन गरेका हुन् । अन्जन शर्माको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो । नयाँ प्रतिभालाई प्रोत्शाहान गर्दै गीत र भिडियोलाई माया गरिदिन गीतकार न्यौपानेले आग्रह गरेका छन ।

 

 

Published date : 2020-01-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ