Flash

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र ब्यवसाहिकता तिर ढल्की रहंदा आफ्नै कला संस्कृति र मौलिकतालाई पनि ध्यानमा राख्दै यतिबेला कमल भुसाल “चन्चल” को एक गीत भर्खरै बजारमा आएको छ ।  उक्त गीत “गाईलाई चराउँदै” बोलको रहेको छ । गीतको अडियोमा जति मिठास्ता छ, त्यो भन्दा पनि म्युजिक भिडियोमा आफ्नै गाउँ वस्तीको यथार्ततालाई छर्लंग पार्ने कोसिस गरिएको छ ।

गीतमा कमल भुसाल “चन्चल” र कृष्णा परियारको सुमधुर स्वर सुन्न सकिन्छ । “गाईलाई चराउँदै” बोलको गीत उनै प्रतिभावान कलाकार कमल भुसाल “चन्चल” कै लय तथा शब्द सृजनामा तयार भएको हो । यस गीतको म्युजिक भिडियोमा कमल भुसाल “चन्चल”, साया भण्डारी, सरु विस्ट, रुपा भुसाल, बिक्रम सेन, भेषराज खनाल, बलराम भुसाल, चेत बहादुर सेन “मकरे”, मित्र घर्ति, शिवहरी अर्याल, अर्जुन, मुकुन्द प्रसाद रेग्मी, लेखनाथ भुसाल, प्रेम भुसाल, निर्मला भुसाल, संदेश भुसाल, कुसुम थापा, मिसकल भुसाल, प्रमिसा अर्याल र टुइटर भुसालको सामुहिक अभिनय रहेको छ ।

उनीहरु सबैको सामुहिक अभिनयले पनि गीतलाई थप आकर्षण प्रदान गरेको छ । “गाईलाई चराउँदै” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शिबन पोख्रेलले गरेका हुन् भने छायांकन महेश महरा र सम्पादन गिरिराज भुसालले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई सन्देश नेपाल टि.भी कमल भुसाल “चन्चल” नामक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । हामि निकै कर्णप्रिय गीत “गाईलाई चराउँदै” बोलको गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-01-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ