Flash

काठमाडौँ। ‘बीजी ग्रीन एण्ड बीजी हर्बल चिया’ सार्वजनिक गरिएको छ। विगत लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा क्रियाशिल लोकप्रिय सर्जक एवं राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बीजीको नाममा ‘बिजि ग्रीन टि एन्ड बीजी हर्बल चिया’ बजारमा आएको हो।

काठमाडौंमा आयोजित एक कार्यक्रमममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बीजी, प्रतिष्ठानका पूर्व अध्यक्ष दुर्गा रायमाझी, व्यावसायी अनुपा श्रेष्ठ, समाजसेवी पृथ्वी थकाली, सन्तोष श्रेष्ठ, लक्ष्मण रायमाझी, पशुपती शर्मालगायतका कलाकारले उक्त चिया सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै रमेश बीजीले आफ्नै बीजी ब्राण्डको चिया बजारमा ल्याएको र जसले स्वास्थ्यमा फाईदा गर्ने बताए। उनले भने, ‘गीत संगीतमा जसरी माया गर्नु भएको छ, यस क्षेत्रमा पनि सवैको माया पाउने छु।’

त्यस्तै, अनुपा श्रेष्ठले ग्रीन टि स्वास्थ्यको लागि निकै फाईदाजनक भएकाले देश विदेशमा पनि यसको प्रचार प्रसार गर्नुपर्ने बताईन। उनले भनिन, ‘बिजी ग्रीन टि नेपाली कागजमा प्याकिङ गरिएको छ, जसले नेपाली कागजलाई पनि बजार दिन सकिन्छ, साँथै, विदेशमा पनि पठाउन सकिने छ। कलाकारले त झन उपभोग गर्दा राम्रो हुन्छ।’

Published date : 2020-01-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ