Flash
राजु बोहरा–काठमाडौँ । नेपाली लोक दोहोरी गीतहरुमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका बहुप्रतीभाका धनि रमेश परियारको संलग्नता रहेको अर्को गीत “फुल तोरीको” पनि भर्खरै सार्बजनिक भएको छ । केहि दिन अघि मात्रै आफ्नै लय शब्द र सुमधुर स्वरमा “बाडूल्कि” बोलको गीत सार्बजनिक गरे लगत्तै उनकै लय शब्दमा सजिएको यो पछिल्लो गीत हो । बिगतका दिनहरुमा रमेश द्वारा लय शब्द र सुमधुर स्वरले सजिएको गीतहरु धेरै बजारमा आइसकेका छन् । बजारमा आएको गीतहरुले अशंख्य दर्शक तथा श्रोताहरुको माया पाएकै कारण उनि यस क्षेत्रमा निरन्तर रुपमा अगाडी बढी रहेका छन् ।
रमेश परियार द्वारा लय तथा शब्द सिर्जना भएको पछिल्लो गीत “फुल तोरीको” बोलको गीतमा रबिन लामिछाने र सुनिता थापा मगरको सुमधुर स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा परियार स्वयम् देखिएका छन् भने उनलाई अभिनयमा साथ् सारिका के.सी को मिलेको छ ।प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठ, छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक विस्टले गरेका छन् । गीत सुनिता थापा मगरको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2020-01-23