Flash

काठमाण्डौ माघ ११ – कलाकारिता  क्षेत्रमा मोडल सबिन गौतमको अर्को सफलता ज्योती फिल्म्स म्युजिक अवार्ड २०७६ लागि नव निर्देशक उत्कृष्ट ५ को नोमिनेशनमा पर्न सफल भएका छन् । उनले हिजो मात्रै काठमान्डौको बालाजु नयाबस्पार्क स्थित टप राजधानी दोहोरिमा आयोजना भएको ५ मनोनीतलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमममा प्रमाणपत्र प्राप्त गरेका छन् ।  सबिन “आँसु झारी झारी” गितबाट सर्बोउत्कृस्ट ५ नव निर्देशकमा मनोनित भएका हुन् ।

उक्त गीत नवराज दाहालको शब्द रचना र लयमा रहेको छ भने स्वर नवराज दाहाल र देवि घर्तीको रहेको छ । भिडियोलाई छायांकन सागर गौतमले गरेका हुन् रमित वलिले सम्पादन गरेका छन् । “आँसु झारी झारी” बोलको गितको म्युजिक भिडियोलाई  सबिन गौतमको र प्रन्शा दाहालको अभिनयमा बिन्ध्यबासिनी म्युजिक प्रालि मार्फत सार्बजनिक गरिसकेको छ ।

नवनिर्देशकको प्रमानपत्र हात परे संगै गौतमले जीवनमा केही अझै थप उत्कृष्ट र फरक किसिमको काम गर्न उर्जा मिलेको बताएका छन् । धेरै संघर्स पछिको फल प्राप्त गरेको र बल्ल निर्देशक हु भन्ने महशुस गरेको उनले बताएका छन् । उक्त प्रमाणपत्र प्रदान कार्यक्रममा विभिन्न बिधाका कलाकार हरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Published date : 2020-01-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ