Flash

युवा गायक तथा संगीतकार बीपी वाग्लेको ‘यो ज्यान मेरो नेपाल…’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार तथा गजलकार महानन्द ढकालको शब्द संयोजनको गीतलाई मिसन इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो ।
गीतमा राष्ट्र प्रेम, विदेशी हस्तक्षेप नसहने र अतिथि देवोभवः लाई आत्मसात गर्ने शब्दहरु समाबेश छन ।
गीतको भिजुअल ग्राफिक्समा नीराजनसिंह ठकुरीले योगदान दिएका छन् । गीतको परिकल्पना तथा निर्देशन नारायण तिमल्सिनाको छ ।
देशभक्ति गीत ‘यो ज्यान मेरो नेपाल…’ ले सम्पुर्ण नेपालीबीचको एकता र राष्ट्रियताको भावना उजागर गरिरहेको छ । गीत र भिडियोलाइ ग्राफिक्सका माध्यमलाइ अहिलेको नेपालको वास्ताविक अवस्थालाई उतारिएको गायक वाग्लेले जानकारी दिनुभयो ।
शास्त्रीय संगीतमा लामो समयदेखि साधनारत गायक संगीतकार बीपी वाग्लेको धेरै गीतहरु दर्शकको रोजाइमा परिसकेका छन ।

Published date : 2020-01-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ