Flash

राजु बोहरा–काठमाडौँ । नेपाल संगीत क्षेत्रमा होस् अथवा कुनै क्षेत्रमा नयाँ नभै कोहि पुरानो भएका हुँदैनन् । त्यसैले पनि हामीले नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्नु पर्दछ । यति बेला नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक नव कलाकारको उदयमान भएको छ । उनको नाम गोबिन्द परियार रहेको छ । गोविन्दले आफ्नो पहिलो प्रस्तुतिमा “यो माया कस्तो कस्तो छ” बोलको गीत लिएर आएका हुन् ।

श्रेबिना रेबिना सप्लायर्स एण्ड शुभकामना टेलर्सको नाममा रहेको उक्त गीतमा गोबिन्द परियार र बिष्णु परियारको स्वर सुन्न सकिन्छ । हिम सम्झौता डिजिटल प्रालि मार्फत सार्बजनिक भएको गीतलाई लय तथा शब्द दिपक मर्सिफुल परियारले भरेका छन् । गीतको म्युजिक भिडियोमा बिर बहादुर साइला लामा, गोमा परियार, दिपक मर्सिफुल परियार र सबि सरगमको अभिनय देख्न सकिन्छ ।

“यो माया कस्तो कस्तो छ”  बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन दिपक मर्सिफुल परियारले गरेका हुन् भने छायांकन बिमल कुमार ढकाल र सम्पादन पनि दिपक मर्सिफुल परियारले नै गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-01-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ