Flash

‘निरमाया’ गीतको सफलता पछि सोही टिमले ‘निरमाया २’ बोलको गीत सार्वजनिक गरेको छ । बुधबार डश म्युजिक नेपालको युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीत ‘निरमाया’का गायक समीर मोक्तानकै आवाज रहेको छ । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माईल’ले संगीत भरेका छन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा मनिषा पोखरेलले पनि आवाज दिएकी छिन ।
शान थापाको निर्देशनमा बनेको भिडियोमा सागर लम्साल ‘बले’ र कविता नेपाली फिचर भएका छन् । सागर हाँस्य टेलिसिरियल सक्किगोनीमा ‘बले’को भूमिकाबाट सबैमाझ चिनिएका छन् भने कविता बुगीवुगी सिजन १ की विजेता हुन ।
राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन । भिडियो सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन ।

 

Published date : 2020-01-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ