Flash

काठमाण्डौ माघ १६ – बिगत १२ बर्ष देखी गीत संगीत मार्फत बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने शन्देश लिएर बिश्व अभियान चलाउदै आएका गायक धिरज राईलाई पुरस्कृत गरिने भएको छ । नेपाल सांगीतीक संघले हरेक बर्ष राष्ट्र, राष्ट्रियता अनि नेपाली गीत संगीतलाई योगदान पुर्याएका श्रष्टाहरुलाई सम्मान गर्दै आएको छ ।

बरिष्ठ गायक स्व. फत्तेमान राज भण्डारीको नाममा रहेको सो पुरस्कारमा रु २५ हजार नगद पनि रहेको छ । बुद्ध भारतमा जन्मिएको हो भन्ने पुस्तकलाई कलेजबाट हटाउनुपर्छ भन्दा कलेजबाट रेष्टीकेट भएका धिरजले आन्दोलन गरेका थिए । त्यसपछि भने सो पुस्तकलाई एम. ए. दोस्रो बर्षको पाठ्यक्रमबाट हटाईयो ।

सोही घट्ना पछि धिरजले बिश्वबाट त्यस्ता गलत पुस्तकहरु हटाउने अभियान चलाउदै आएका छन् । “यो पुरस्कारले मेरो काधमा जिम्मेवारी अझ बढेको छ ।” भर्खरै युरोपका १२ वटा देशमा बुद्ध अभियान चलाएर आएका गायक राई भन्छन् ।

Published date : 2020-01-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ