Flash

राजु बोहरा–काठमाडौँ । नेपालि गीत संगीतका अनुरागीहरुका लागि विभिन्न गीत संगीतहरु कलाकारहरुले बजारमा ल्याउने क्रममा अर्को एउटा घत लाग्दो गीत फेरी बजारमा आएको छ । क्लिवाटी म्युजिक प्रालिले तिर्सना गुरुङ्गको नाममा बजारमा पठाएको उक्त गीतको नाम “कात्रो” बोलको रहेको छ ।

आफुले माया गरेको मान्छे दुर्घटनामा परेपछिको एक दर्दनाक भाव समाबेस गरिएको गीतमा एम.बि गुरुङ्ग र तिर्सना घर्तीको स्वर सुन्न सकिन्छ । गीतलाई लय कपिल मगरले तयार परेका हुन् भने शब्द गायिका स्वयम् तिर्सना गुरुङ्गको नै रहेको छ ।

पछिल्लो समय नेपाली गीत संगीतको बजारमा केहि फास्ट बिटको गीतको ट्रेन चलिरहेता पनि यस क्षेत्रको मूल जरो भनेको यस्तै मन्द बिटको गीत नै हुन् । किन कि केहि बर्ष अगाडी सम्म यस्ता स्लो बिटको गीतले नै नेपाली लोक संगीतको बजारलाई धानेको थियो र आज पनि उत्तिकै मन पराइने गरिन्छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा गायक स्वयम् एम.बि गुरुङ्ग देखिएका छन् । उनले यस अगी पनि थुप्रै गीतहरुमा अभिनय गरिसकेका छन् । एम.बि ले यस अगाडी अभिनय मात्र होइन केहि गीतहरुमा आफ्नो सिर्जना र स्वर पनि भासकेका छन् । “कात्रो” बोलको गीतमा जुना गुरुङ्गको पनि अत्यन्त लोभ लाग्दो अभिनय देख्न सकिन्छ भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायाँकन सुरेश श्रेष्ठ र सम्पादन दिपक विस्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-02-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ