Flash

राजु बोहरा–काठमाडौँ । औंलामा गन्न सकिने केही घर। भृकुटीमण्डपभित्रको ठूलो पोखरीमा पौडी खेल्दै गरेका युवा। स्कुलबाट फर्केपछि फुर्सदिला युवाको रोजाइ हुन्थ्यो टँडिखेल। सक्नेहरू बल बोकेर जान्थे र फुटबल खेल्थे । ससाना बच्चाहरू मोजाको बल बनाएर सातपत्रे खेल्थे टुँडिखेलमा । ओहो ! साँच्चिकै सुन्दर थियो, त्यति बेलाको काठमाडौं ।

करिब तीन दशकदेखि नेपाली संगीतमा साधनारत संगीतकार राजु सिंहको संगीतमा फेरी अर्को निकै कर्णप्रिय आधुनिक गीत बजारमा आएको छ । उक्त गीत “कोहि छैन” बोलको रहेको छ । संगीतकार राजु सिंहलाई कलेजको प्रोफेसर, बैंकरजस्ता पेसा अपनाउँछु भन्ने लाग्थ्यो । तर आफूभित्रको सांगीतिक मनले उनलाई संगीतकार बनायो । फलस्वरूप उनले क्रमस बिभिन्न गीतहरु बजारमा ल्याईरहेका छन् ।

आफूलाई संगीतको विद्यार्थी मात्रै ठान्ने सिंह भन्छन्, ‘अपेक्षाबिनै धेरै थोक दिलायो संगीतले । सिंहले हजार भन्दा बढी गीतमा संगीत दिइसकेका छन् । उनको संगीतमा धेरै सोलो एल्बम बजारमा आइसकेका छन् । उनको संगीतमा बजारमा आएको यो “कोहि छैन” बोलको गीतमा मिलन नेवारको सुमधुर स्वर सुन्न सकिन्छ । बिशेष गरेर नयाँ कलाकारहरुलाई उर्जा दिंदै नेपाली गीत संगीतको क्षेत्र श्रीबृद्धिका निमित्त लागि परेका राजु द्वारा संगीत बद्ध यस गीतलाई राधिका दाहालले लेखेकी हुन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा प्रसान्त तामाङ्ग र स्मारिका खनालको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन कृष्णदेब रुपाखेतीले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन प्रकास एस.के ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-02-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ