Flash

काठमाडौं माघ २० । ब्यवसाहिक रुपमा नेपाली गीत संगीतको क्षेत्र त्यति धेरै सफल नभएता पनि अशंख्य श्रोता तथा दर्शकहरुको सांगीतिक प्यास मेटाउन कलाकारहरुले क्रमस आफ्ना सिर्जनाहरु बजारमा ल्याइरहेका छन् सोहि क्रममा गायक रामकृष्ण ढकालको स्वरमा अर्को निकै मनछुने नयाँ गीत ‘आकाशकी चरी’ डिजिटल बजारमा आएको छ ।

गीतमा चित्रकलातर्फ पि.एच.डी को तयारी गरिरहेका युवा व्यवसायी चिरञ्जीवी भट्टको शब्द सिर्जना रहेको छ भने त्रिभुवन विश्वविद्यालयमा ललितकला विभागका प्राध्यापक समेत रहेका ज्योति प्रकाशको संगीत रहेको छ । ‘आकाशकी चरी’ बोलको गीतलाई मनोहर सुनामले संगीत संयोजन गरेका छन् ।

यस गीतको म्युजिक भिडियोमा समाजसेवीको परिवारमा बच्चा विरामी भएपछि अस्पतालको खर्चको अभावमा गरिएको दुःख र बच्चाको उपचार पछिको खुशीलाई व्यक्त गर्न खोजिएको छ । भिडियोमा लोकप्रिय मोडल सनम कठायत र समिक्षा पोखरेलको अभिनय देख्न सकिन्छ । पत्रकार एवं गीतकार सुमन बैरागी द्वारा निर्देशित  भिडियोलाई गोविन्द अन्जानले छायाँकन गरेका हुन् भने गरव योञ्जन ‘दिलिप’ ले सम्पादन गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

Published date : 2020-02-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ