Flash

काठमाडौँ माघ २५ – म्याग्देली गायक अमृत रामदामको नयाँ सांगीतीक कोसेली “आउन मायालु” सार्वजनिक भएको छ । यस गीतमा चर्चित सर्जक प्रल्हाद सुबेदीको शब्द, सुन्दर हमालको संगीत रहेको छ । गायक अमृत रामदामले सांगीतीक क्षेत्रलाई निरन्तरता दिने सोच भएको र अहिलेको नयाँ गीत “आउन मायालु” लाई दर्शक श्रोताहरुले माया गरिदिनुहुने छ भन्ने आशा गरेको कुरा ब्यक्त गरेका छन् ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा राजेश घिमिरे र पशुपति बस्यालको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मुख्य अभिनयको रुपमा लोमस शर्मा र जुना गुरुङ रहेका छन् भने बेहुला बेहुलीको रुपमा रमेश सुनार र मञ्जु सुनारको अभिनय रहेको छ ।

सो मौलिक पञ्चेबाजा गीत “आउन मायालु” गायक अमृत रामदामकै जन्म स्थान म्याग्दी जिल्लाको पुलाचौरमा गएर छायांकन गरिएको हो । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-02-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ