Flash

राजु बोहरा–काठमाडौँ । गीत संगीतको क्षेत्र निकै फराकिलो छ । यो फराकिलो महासागरमा नव- कलाकारहरुको उदयमान बढीरहंदा प्रतिसपर्दा पनि उत्तिकै छ । कलाकारहरुले जसरी पनि आफ्ना श्रोता तथा दर्शकहरुलाई उत्कृष्ट सांगीतिक स्वाद प्रदान गर्ने क्रममा रहेका हुन्छन् । यसैलाई ध्यानमा राखेर भर्खरै मात्र एक आधुनिक बजारमा आएको छ । उक्त गीत “तिमि हौ” बोलको रहेको छ । गीतमा बिशाल निरौला र प्रबिशा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई संगीत, रचना तथा संगीत सयोजन बिशाल निरौलाले गरेका छन् ।

यस गीतको म्युजिक भिडियोमा टिकटकमा भाइरल बनेकी मोडल दिया जी.सीको अभिनय देख्न सकिन्छ । दिया संगै नेपाली गीत संगीतको म्युजिक भिडियोमा सबैको प्रिय बन्न सफल ओ.बि रायमाझी र सौगात मिश्र पनि देखिएका छन् । उनिहरुकोको अभिनय समायोजनले पनि यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले आफ्नु मन मुटुमा सजाउने कुरालाई कुनै शंका राख्न सकिंदैन । किन कि “तिमि हौ” बोलको गीतको म्युजिक भिडियोलाई काहीं कतै कन्चुसाई नगरी निर्माण गरिएको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन तथा कोरियोग्राफी प्रथम क्षेत्रीले गरेका हुन् भने छायांकन ज्ञानेन्द्र शर्मा र प्रमोद श्रेष्ठ त्यसैगरी सम्पादन मिलन बिस्वकर्माले गरेका छन् । आफ्ना सम्पूर्ण श्रोता एवं दर्शकहरुमा गीत निर्माण युनिटले जस्ताको त्यस्तै युट्युब कमेन्ट बक्समा प्रतिक्रिया दिनुहुन अनुरोध गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

Published date : 2020-02-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ