Flash

माघ २७ काठमाण्डौ – पुराना कलाकारलाई सम्मान,नयाँलाई प्रोत्साहान’भन्ने मुल नाराका साथ ज्योति फिल्मस प्रा.लिको आयोजनामा यहीँ फागुन १ गते राष्ट्रिय नाच घरबाट सहरी बिकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा एक भब्य कार्यक्रमका बिच ज्योति फिल्मस म्युजिक अवार्ड सम्पन्न हुँदै छ ।

अवार्ड कार्यक्रममा छ जना चर्चित पत्रकारहरु राजु बोहरा , अरबिन्द्र गौतम , सुमन बैरागि , कृष्ण भट्टराई , सन्तोष दाहाल र शिबराम भण्डारी सम्मानित हुने भएका छन् । ज्योति फिल्मस म्युजिक प्रा.लि को दशौ वर्षको अवसरमा प्रथम ज्योति फिल्मस म्युजिक अवार्ड गर्न लागिएको हो ।

ज्योति फिल्मस म्युजिक अवार्डको लागि विभिन्न विधामा उत्कृष्ठ ५ मनोनयन सार्वजनिक गरी ४२ विधामा टप ५ भित्र परेका श्रष्ठाहरुलाई प्रमाण पत्र वितरण कार्य सम्पन्न गरिसकिएको छ । यहीँ आउदो फागुन १ मा उत्कृष्ठ लाई अवार्ड वितरण गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रमा सांगीतिक क्षेत्रका बरिष्ठ व्यक्तित्वहरुको उपस्थिति समेत रहने बताइएको छ । अवार्ड कार्यक्रमलाई विभिन्न राष्ट्रिय टेलिभिजन र रेडियो बाट प्रत्यक्ष प्रसारण समेत गरिने कुरा आयोजकबाट जानकारी प्राप्त भएको छ ।

Published date : 2020-02-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ