Flash

राजु बोहरा–काठमाडौँ ।  ब्यवसाहिक रुप धरासाही भएता पनि खाई नखाई नेपाली लोक तथा दोहोरी गीत संगीको क्षेत्र सम्वृद्धिको लागि खट्ने धेरै कलाकारहरु रहेका छन् । जस मध्ये शम्भु नेपाल र गोमा कटुवाल पनि एक हुन् । उनीहरु द्वयको संयुक्त प्रस्तुतिमा अहिले थुप्रै गीतहरु प्रकाशनमा आइसकेका छन् र आउने क्रममा पनि रहेका छन् । एक महिला र पुरुष कुनै पनि क्षेत्रमा सहयात्री भएपछी नकारात्मक दृष्टिले हेर्ने गरेको पनि हामीले कहीं कतै नेपाली समाजमा पाउने गर्दछौं । तर यो जोडी भने नितान्त सांगीतिक क्षेत्र सम्बृद्धिका लागि लागेका हुन् ।

उनै शम्भु र गोमाले फलस्वरूप गत फाल्गुल १ गते बिहीबारको दिन काठमाण्डौको राष्ट्रिय नाचघरमा सम्पन्न ज्योति फिल्म्स म्युजिक अवार्ड २०७६ बाट “मन परेरै होला नि” बोलको गीत मार्फत सर्वउत्कृष्ट काँठे लोक दोहोरी गायक र यसै गीतबाट सर्वउत्कृष्ट गायिकाको अवार्ड हात पार्न सफल भएका छन् । अवार्ड प्राप्त गरेपछि अशंख्य आफ्ना श्रोता तथा दर्शकहरुलाई धेरै धेरै धन्यबाद ब्यक्त गर्दै शम्भु नेपाल र गोमा कोइरालाले अझै आगामी दिनहरुमा उत्कृष्ट सांगीतिक स्वाद ल्याउने कुरा ब्यक्त गरेका छन् ।

आफ्नो सांगीतिक यात्राको पहिलो खुसि बाड्न पाउँदा आयोजक ज्योति फिल्म्स म्युजिक अवार्ड आयोजकलाई पनि उनीहरु द्वयले आभार प्रकट गरेका छन् । हामी हाम्रो तर्फ बाट पनि गायक तथा सर्जक शम्भु र गायिका गोमा कोइरालालाई बधाई ब्यक्त गर्दै आगामी दिनहरुको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

मन परेरै होलानी बोलको गीत हेर्नको लागि तल क्लिक गर्नु होला ।

Published date : 2020-02-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ