Flash

नव गायक कर्साङ शेर्पाले आफ्नो डेब्यु म्युजिक भिडियो ‘दिल बस्यो’ सार्वजनिक गरेका छन । गीतमा शब्द गणेश सुवेदीको रहेको छ भने संगीत बिक्रम थापाको रहेको छ । गीतको संगीत संयोजन विशन मानन्धरले गरेका हुन ।
स्वयं गायक कर्साङ र नायिका वर्षा सिवकोटी फिचर्ड म्युजिक भिडियोमा दुई जना बीचको चोखो र सरल प्रेम कहानी प्रस्तुत गरिएको छ । उत्सव दहालले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गायक कर्साङको कन्सेप्टमा तयार पारिएको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।
विगत लामो समय देखि अमेरिकामा बस्दै आएका कर्साङलाई गीत संगीतमा गहिरो रुचि छ । किशोर कुमार, नारायण गोपाल , भक्त राज आचार्य , दिप श्रेष्ठको गायन कलाबाट प्रभावित बताउने कर्साङले अमेरिकामा हुने विभिन्न सांगेतिक कार्यक्रममा आफ्नो सहभागिता जनाउदै आएका छन । हरेक नेपालीहरुमा सामाजिक सेवाको भावना हुनुपर्छ भन्ने विचार राख्ने कर्साङले यो म्युजिक भिडियो हाल अस्पतालमा उपचाररत आफ्ना भाइ टेण्डी शेर्पा ( नेपाल बास्केटबल संघका अध्यक्ष ) प्रति समर्पित गरेका छन् ।
गीत संगीत मार्फत आगामी दिनहरुमा नेपालको प्राकृतिक सुन्दरता, जीवनशैली, प्रेम र यथार्थापन झल्काउने म्युजिक भिडियो निर्माण गर्दै जाने गायक कर्साङले बताएका छन् । गायक कर्साङले नयाँ कलाकारलाई प्रोत्साहन गरिदिन सम्पुर्ण संगीतप्रेमी र मिडिया हाउसलाई आग्रह समेत गरेका छन ।

 

 

 

Published date : 2020-02-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ