Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिको निमित्त निकै लामो समय यता यस क्षेत्रमा क्रियासिल सर्जक ओम छिनालको लय सृजनामामा फेरी अर्को गीत बजारमा आएको छ । सर्जक ओमले गीत सिर्जना गर्ने मात्र होइन केहि गीतको म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । स्थायी घर गोर्खा र हाल मलेसियामा रोजगारीको सिलसिलामा रहेका उनको सृजनाले सजिएको पछिल्लो गीत “धोकेबाज” बोलको रहेको छ । प्रकाश परियारको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा मौसम गुरुङ्ग र पूर्णकला बि.सी को सुमधुर स्वर सुन्न सकिन्छ ।

शितल शिजन डिजिटल प्रालि मार्फत सार्बजनिक भएको गीतलाई शब्द भने प्रस्तुतकर्ता स्वयम् प्रकाश परियारले तयार परेका हुन् । “धोकेबाज” बोलको गीतको म्युजिक भिडियोमा अनिता छिनाल, गणेश बि.सी र प्रकाश परियारको अत्यन्त मनछुने अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन ओम श्रेष्ठले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजेश कुमारले गरेका छन् । गीतमा अजम्बरी मायाको बाचा गरेर बीच बाटोमा नै अलपत्र पारेर धोका दिईएको प्रसङ्ग समाबेस गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-02-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ