Flash

काठमाडौं। जुनको साथी तारा, सिम्पल डिम्पल, रेवन चस्मा लगाएतका थुप्रै गीतका गीतकार तथा संगीतकार भिम बिष्ट र पछील्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको गीत ‘धोका दियो हाइटले’को भिडियो सार्वजनिक भएको छ ।
नवराज कलौनीको शब्द, भिम बिष्टको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको गीत इनाक्षी इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
रोमान्टिक डान्सिङ फ्लेवरको गीतको भिडियो पनि उत्तिकै सुन्दर बनेको छ । टेक बहादुर शाह ‘टेकेन्द्र’को निर्देशन रहेको गीतको भिडियोमा आचल शर्मा, जिवेश गुरुङ, बुद्दी तामाङ, सर्मिला शर्मा, भिम बिष्ट र एलिना चौहान फिचर्ड छन । गीतमा हाइटले धोका दिदा भोग्नु परेको समस्यालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
भिम बिष्टका यो भन्दा पहिलेका सबै गीतहरु हिट नै छन । यो गीतमा पनि आफुहरुले निकै मेहनत गरेर ल्याएको र दर्शकहरुले पनि पहिलेका गीत जस्तै धोका दियो हाइटलाई पनि मन पराइदिनेमा आफु र आफ्नो टिम ढुक्क रहेको गायक बिष्टले बताए । गीतको भिडियोमा राम कुमार केशीको छायांकन, बिक्रम स्वारको कोरियोग्राफि र निर्देशक टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
गीत आँफैमा सुमधुर र त्यसमाथि भिडियो पनि झन उत्कृष्ट बनेकोले दर्शकहरुले मन पराउनेमा आफुहरु ढुक्क रहेको इनाक्षी इन्टरटेन्मेन्टका राम कंडेलले जानकारी दिए । पछिल्लो समयमा इनाक्षी इन्टरटेन्मेन्ट मार्फत उत्कृष्ट गीतहरु सार्वजनिक भैरहेका छन।

 

Published date : 2020-03-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ