Flash

गायिका सन्जु न्यौपानेको नयाँ गीत ‘चाँदी कहाँ होला’ सार्वजनिक भएको छोटो समयमा दर्शकको रोजाइमा परेको छ गायिका सन्जु र गायक रविन लामिछानेको स्वर रहेको गीतमा , नवराज पन्तको शब्द र प्रकाश पराजुलीको संगीत र कृष्ण वि.क भान्जाको संगीत संयोजन रहेको छ । ‘चाँदी कहाँ होला’ को भिडियोमा दुर्गेश थापा, ओबी रायमाझी, जुना गुरुङ, निशा न्यौपानेको अभिनय रहेको छ । करन चैंसिरले छायाँकन गरेको म्यूजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । सञ्जु न्यौपानेको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा करिब २ हप्तामा ५ लाख पटक हेरिएको छ ।
दर्जनौ गीत गाएसँगै उतिकै संख्यामा मोडलिङ गरेकी उनै बहुप्रतिभाशाली कलाकार सन्जुको सानैदेखि गीत संगीत भनेपछि भुतुक्क हुने सन्जु २०५० साल फागुन २ गते स्याङ्जाको निवुवा खर्कमा जन्मिएकी हुन् । सांगीतिक क्षेत्रमा नै आफ्ना पाइलाहरु चाल्दै आएकी सन्जुलाई गायिका भनेर चिनाउने गीत भने ‘डाली नुहेछ, हेर्दा हेर्दै बिहे गर्ने उमेर पुगेछ’ हो । उनले दर्जनौं म्यूजिक भिडियो, केहि टेलिफिल्महरुमा समेत अभिनय गरिसकेकी छिन् । त्यस्तै ठुलोपर्दाको चलचित्र ‘निर्भय’मा समेत उनले आफ्नो कला कौशल प्रस्तुत गरेकी छिन् ।
संगीतक्षेत्रमा समर्पित भएको छोटो समयमा नै देश तथा विदेशका विभिन्न कार्यक्रमहरुमा समेत प्रस्तुति दिएकी सन्जु गायन र मोडलिङमा एकसाथ अघि बढीरहेकी छिन् । तर उनलाई मोडल भन्दा गायिका भन्दा आनन्द आउने बताइन् ।

Published date : 2020-03-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ