Flash

राजु बोहरा–काठमाडौँ । पछिल्लो समय सिंगो सांगीतिक क्षेत्र ब्यवसाहिक रुपमा धरासाही भएता पनि कलाकारहरुले उत्कृष्ट गीत संगीतका सृजनाहरु बजारमा ल्याउन पछी परेका छैनन् । सोहि क्रममा बिगत निकै लामो समय यता यसै क्षेत्रमा क्रियासिल गायक तथा सर्जक बिदुर घिमिरेले पनि भर्खरै अर्को सांगीतिक कोसेली लिएर बजारमा आएका छन् । उनको पछिल्लो गीत “डाँडा पारीमा” बोलको रहेको छ । प्रस्तुत गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार र प्रस्तुतकर्ता स्वयम् बिदुरको सुमधुर स्वर सुन्न सकिन्छ ।गीतलाई लय तथा शब्द सिर्जना भने कृष्ण दाहालले भएका छन् ।

मौलिक स्वादमा तयार भएको गीतका गायक तथा सर्जक बिदुर घिमिरे र आयुष्मा कार्कीको रहेको छ । त्यसो त यस भन्दा अगाडी पनि बिदुरले केहि गीतहरुमा अभिनय गरिसकेका छन् । “डाँडा पारीमा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मनोज सुबेदीले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन शिलन लम्सालले गरेका छन् । यसरी निकै दुख कष्टको साथमा बजारमा ल्याइएको गीतहरुलाई हामी सम्पूर्ण संगीत पारखी मनहरुले हेरेर सुनेर कलाकारहरुलाई प्रत्साहन गर्नु पर्ने आजको आवस्यकता हो । हामि यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-03-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ