Flash

काठमाडौं चैत्र ०६ । गायक विमल डाँगी अमेरिकातर्फ लागेको धेरै वर्ष भयो । हिमाली जिल्ला डोल्पाको सुन्दरतामा जन्मिएर त्यो भूमि छाडेको लामो समयपछि उनले अमेरिकाबाटै पुनः जन्मभूमि सम्झिएका हुन् । आफू खेलेको आँगन, त्यहाँको रमणीय भूगोल भित्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई सम्झिँदै उनले गीत मार्फत् सम्झिएका हुन् । हिमाली जिल्ला डोल्पाको सुन्दरता, धार्मिक र साँस्कृतिक पक्ष समेटेर तयार गरिएको गीत ‘मेरो डोल्पा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा बहु चर्चित लोक तथा दोहोरी गायक बिमल डाँगी र उनको श्रीमती सरीता डाँगीले स्वर दिएका छन् । गीतको शब्द रामचन्द्र रोकायाले लेखेका हुन । गीतमा संगीत विमल डाँगी र संगीत संयोजन नारायण दंगालले गरेका छन् । गायक डाँगीकै युटुब च्यानलबाट हालैमात्र गीत सार्वजनिक गरिएको हो । यो गीतको म्युजिक भिडियोमा डोल्पा जिल्लाका रमणीय दृश्यहरुलाई क्यामेरामा कैद गरिएको छ । बिमल डाँगीको नै प्रस्तुतिमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई गायक विमल डाँगीकै युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-03-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ