Flash

ठूलो चुनौतीको रुपमा विश्वभर तिब्ररुपमा फैलिँदै गएको कोरोना भाइरसको कारण विश्वभरीनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्र पनि प्रभावित भएको छ। कोरोनाको कारण सिनेमा हल, फिल्मको प्रदर्शन तथा सांगीतिक कार्यकमहरु स्थगित भएको छ भने केहि कलाकार तथा स्रस्टाहरुले सामाजिक सञ्जाल मार्फत पाठक एब दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन। यस्तैमा लामो समयदेखि अमेेरिकाको क्यार्लिफोनिया बस्दै भएकी युवा कवि तथा गीतकार राखी गोैचनले शब्दमा रहेको गीत ‘हे मन ‘ सार्वजनिक गर्नु भएको छ । पछिल्लो समय निकै चर्चा बटुल्न सफल संगीतकार, गायक शंकर थापा ‘स्माइल’को स्वर र संगीत रहेको गीतको लामो लकडाउनको कारण म्युजिक भिडियो निर्माण गर्न न सकिएकाले लिरिकलको रुपमा मात्र डश म्युजिकको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
स्कुले जीवनदेखि नै नाच्न, गाउन, अभियन र कविता लेखनमा रुचि राख्ने गौचन आफ्ना सुन्दर कविता द्वारा धेरै भन्दा धेरै पाठकको मन मुटुमा बसिसक्नु भएको छ । गीत लेखनमा गम्भिरभएर लागेको केहि बर्षमै गौचनले रचना गरेका गीतहरू ले पनि नेपाली साङ्गीतिक बजारमा उत्तिकै चर्चा बटुल्ने गरेका छन ।

 

Published date : 2020-04-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ