Flash

अस्ट्रेलियामा बसेर अध्ययन र आफ्नो संगीत यात्रा अघि बढाइरहेका नव गायक बिमोचन खनालले आफ्नो डेब्यु गीत ‘तिम्रो यादले’ सार्वजनिक गरेका छन । कोरना कहर बिच गीत संगीत प्रेमीलाई मनोरंजन प्रदान गर्न म्युजिक भिडियो सार्वजनिक गरेका हुन।
सानै देखि गीत संगीतमा रुचि राख्ने खनालले आफ्नो पहिलो प्रयास स्वरुप यो गीत दर्शक स्रोतालाई पस्किएका हुन् । एल्बम ‘समय’ मा समावेश ‘तिम्रो यादले’ बोलको यस गीतमा स्वर र शब्द स्वयम् गायक बिमोचन खनालको रहेको छ । गीतमा संगीत श्रीजन कार्कीको रहेको छ भने संगीत संयोजन उत्सव आचार्य ( ब्रिज ) को रहेको छ ।
गायन संगै अभिनयमा रुचि राख्ने बिमोचन खनाल र सन्ध्या कोइराला म्युजिक भिडियोमा फ़िचर्ड छन् । श्रीजन प्रजापतिले छायांकन गरेको भिडियोलाई अमन महर्जनले सम्पादन गरेका हुन् । ज्याज प्रोडक्शनले निर्माण गरेको भिडियोलाई अनिल न्यौपानेको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।
स्वयम् गायक खनालको अफिसियल च्यानल मार्फत सार्वजनिक भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायक खनालले आग्रह गरेका छन् । आगामी दिनमा अन्य धेरै म्युजिक भिडियो सार्वजनिक गर्दै जाने समेत गायक खनालले बताएका छन ।

Published date : 2020-05-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ