Flash

राजु बोहरा काठमान्डौ – बिस्व अहिले कोरोना भाइरसको महामारीमा फसेको छ । यो अवस्थामा पिंडा सबैलाई भएता पनि आफ्नो देशको चिन्ता अलि बढी सबैलाई हुने गर्दछ । हाम्रो देश नेपाल, जहाँ गरिबीको कारणले धेरै नेपालीहरु पर्देशिन बाध्य बनेका छन् । राज्यले ब्यरोजगारी समस्याको समाधान गर्नुको सट्टा अहिलेको सक्रमणको घडीमा बाध्यता बस परदेशिएका नेपालीहरुलाई उद्धार गर्न समेत नसकिरहेको गुनासाहरु सुन्न सकिन्छ ।

यी र यस्तै परिस्थितिलाई केन्दित गर्दै नेपाली गीत संगीतको क्षेत्रमा बेलाबखत बिभिन्न गीतहरु आइरहेका हुन्छन् । सोहि क्रममा भर्खरै मात्र अशंख्य श्रोता तथा दर्शकहरुका निमित्त डी.ए.आर मुभिज प्रालिले “आइदेउ फर्केर” बोलको ल्याएको छ । प्रभावन जे र स्मृति गौतमको स्वरमा रहेको यस गीतलाई लय तथा शब्द सिर्जना प्रभावन जे ले नै भरेका छन् ।

गीतको म्युजिक भिडियोलाई पनि उत्तिकै जिबन्त बनाउने कोसिस गरिएको छ । भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय देख्न सकिन्छ । “आइदेउ फर्केर” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन प्रभावन जे समुहले गरेको छ भने छायांकन पिटर गुरुङ्ग र सम्पादन नबिन भाटले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-06-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ