Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि बिगत केहि समय यता यस क्षेत्रमा क्रियासिल राजु थापाले आफ्नो कलाकारिता यात्रा “अजम्बरी माया” बोलको गीतबाट शुभारम्भ गरेका हुन् । उनले आफ्नो कलाकारिता यात्रा गायन विधाबाट गरेका थिए भने अहिले मोडलिंग विधामा पनि देखिन थालेका छन् । कलाकार राजु द्वारा अभिनित गीत सम्राट शहानी र नविना शहानीको संयुक्त प्रस्तुति “हावा चल्यो तिब्रगतिमा” बोलको रहेको छ । कलाकार राजुको साथमा यस गीतको म्युजिक भिडियोमा बिमला गुरुङ्गको पनि निकै मन छुने अभिनय देख्न सकिन्छ ।

सम्राट शहानी र नविना शहानीको संयुक्त प्रस्तुति “हावा चल्यो तिब्रगतिमा” बोलको गीतमा म्राट शहानी र नविना शहानीको नै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना प्रतिभावान कलाकार सम्राट शहानीले तयार पारेका हुन् । कसैको सुन्दरताले मोहित बनाए पछी उ संग टाढा रहेर जिबन बिताउन निकै कष्टकर भएको भाव समाबेस गरिएको गीतको म्युजिक भिडियोलाई निर्देशन मोडल स्वयम् राजु थापाले नै गरेका छन् । त्यसैले पनि राजुलाई बहुप्रतिभावान कलाकारको रुपमा चिनिन थालिएको छ । भिडियोलाई छायांकन राम के.सी ले गरेका हुन् भने सम्पादन जोहन राइले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

Published date : 2020-07-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ