Flash

एउटी आमालाई थाहा हुन्छ सन्तान गुमाउनुको पिडा । सन्तान को पिडा एउटि आमाले कसरी सहन्छे। सन्तान बियोगको पीडा भुल्न खोज्दा कहिले सम्हालिन्न आमाको मन ।
सरिता सारु मगर “डाँगी” को वास्तविक जिन्दगीमा आधारित “छैनौ तिमी” गीतको मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ । सरिताले आफ्न छोरा धिरजलाई गुमाए पछि उनको सम्झनामा यो म्युजिक भिडियो तयार पारिएको हो । गीतको भिडियोमा अल्पायुमै आफ्नो छोरा गुमाउनुको पिडा लाई अतिनै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।
यस गीतमा स्वर चर्चित गायिका मेलिना राईको रहेको छ भने गीतका मनछुने शब्द सरिता सारु मगरले लेखेकी हुन् । गीतमा संगीत नविन कार्कीको रहेको छ भने संगीत संयोजन सुमन केसीले गरेका हुन् ।
म्युजिक भिडियोमा देशनरेश अधिकारी, कल्पना घिमिरे , सौरभ राई ,युनिक राईको जिवन्त अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र कोइरालाले छायांकन र सम्पादन गरेको भिडियोलाई देशनरेश अधिकारीको निर्देशनमा तयार पारिएको हो।

Published date : 2020-07-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ