Flash

अमेरिकामा बसेर “हरेक प्रतिभाको सम्मान र विकाश हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली गीत संगीतमा क्रियाशील बहमुखी प्रतिभाका धनी गीतकार तथा संगीतकार सर्गम राईले आफ्नो बिल्कुलै नयाँ अफिसियल म्युजिक भिडियो ‘दुई मुटु’ सार्वजनिक गरेका छन्।
रोमाण्टिक भर्सनको यस गीतमा स्वर तारा प्रकाश लिम्बु र अनु चौधरीको युगल स्वर रहेको छ। गीतमा शब्द , संगीत सर्गम राईको रहेको छ। यस गीतलाई सविन लिम्बुले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा अनिता गोले , अभि लामा र फलित राई फिचर्ड छन। भिडियोलाई सुर्य लामाले छायांकन तथा सम्पादन गरेका हुन्। युद्ध लामा सहायक निर्देशक रहेको भिडियोलाई अभि लामाको निर्देशनमा तयार पारिएको हो। द आरजीटी फिल्म्सको अफिसियल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ।
नेपाली कला, साहित्य र संगीतलाई मनैदेखि माया गर्ने सर्गम राईले यसअघि “सुस्तरी सुस्तरी” , “ए माया” , “शितल शितल” लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन। यस म्युजिक भिडियो मार्फत दर्शक , स्रोता तथा मिडिया हाउस बाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राईले राखेका छन।

 

Published date : 2020-07-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ