Flash

गायक वेदु सारु मगरको नयाँ म्युजिक भिडियो ‘तिमीनै त हौ’ सार्वजनिक भएको छ।
डान्सिङ् बिटको यस गीतमा स्वर र संगीत गायक वेदु सारु मगरको रहेको छ। गीतमा ब्याक भोकल बिक्रम राई र पुरुषोत्तम सुवेदीको रहेको छ। यस गीतलाई दिनेश सुवेदीले लेखेका हुन्। गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्।
म्युजिक भिडियोमा नेपाली ठिटोज टिमको दमदार नृत्य देख्न सकिन्छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। पहिलोपटक नेपाली ठिटोज टिमले कोरियोग्राफी गरेको भिडियोलाई सुनिल क्षेत्रीको निर्देशनमा तयार पारिएको हो। स्मिता स्नेहा इन्टरटेनमेन्टको अफिसियल च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको हो।
२०६७ सालको भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले लामो समयको अन्तराल पछि यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन। यसअघि गायक मगरले ‘डोली पियारी’ लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन्। ‘तिमीनै त हौ’ लाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। म्युजिक भिडियोलाई माया गरिदिन गायक मगरले आग्रह गरेका छन।

 

 

Published date : 2020-07-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ