Flash

हरेक मान्छे आफैंमा एउटा लामो कथा लाग्छन्। हरेकसँग सुरुवातको कथा हुन्छ । अन्त्यको पनि कथा हुन्छ। संघर्षका मैदान सबैका हुन्छन् । जित्नेका कथा । हार्नेका कथा ।कसैले लेख्छन् कापीमा र भर्छन् पानाहरु । कसैले लेख्छन् मनमा र भर्छन् यादहरु ।हरेक बाटाहरु फरक हुन्छन् । सबैका बाटोहरु एकै हुन्नन् । त्यसैले त हरेकका अलग कथा हुन्छन् । ती कथाहरु कति लेखिन्छन् कति मेटिन्छन् ।
गायिका रानी शाक्यले जीवनको सत्यता गीत मार्फत बताउने कोसिस गर्दै ‘कथा २’ सार्वजनिक गरेकी छिन्। गायक कमल खत्री संग यसअघि “कथा” बोलको युगल गीत सार्वजनिक गरेकी शाक्यले अर्को कोण बाट ‘कथा २’ सार्वजनिक गरेकी हुन। ‘कथा’ उनका सफल गीतहरु मध्य एक हो। गायिका शाक्य अमेरिकामा बसेर निरन्तर गीत संगीतमा सक्रिय छिन ।
“कथा २” मा स्वर रानी शाक्यको रहेको छ भने शब्द अरुण तिवारीको रहेको छ। गीतमा संगीत जीवित जल्मीको ओरहेको छ। हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतलाई गायिका शाक्यको अफिसियल युट्युव च्यानल “रानी शाक्य” मार्फत सार्वजनिक गरिएको छ।

 

Published date : 2020-07-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ