Flash

चर्चित गायन रिलालिटी नेपाल आइडलको सिजन ३ का प्रमुख दाबेदार प्रतिस्पर्धी प्रबिण बेडवालको औपचारिक पहिलो गीत सार्वजनिक भएको छ । उनी नेपाल आइडल ३ को फाइनललिस्ट प्रतिस्पर्धी हुन । पछिल्लो समयका ब्यस्त संगीतकार शंकर थापा ‘स्माइल’ को संगीत र समेशर राईको शब्द रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।
बिमला खाजुम र भरत महर्जनले अभिनय रहेको भिडियोलाई देव जंग थापाले निर्देशन गरेका हुन भने प्रदीप बस्नेतको सम्पादन रहेको छ । शुक्रबार गीत सार्वजनिक गर्दै बेडवालले आफ्नो पहिलो गीत सुनेर प्रतिक्रिया दिन आग्रह गरेका छन । सार्वजनिक भए लगत्तै दर्शक तथा स्रोताहरुले राम्रो प्रतिक्रिया दिएका छन।

नेपाल आइडल ३ का प्रमुख दाबेदार प्रतिस्पर्धी मानिएका उनले हरेक गितलाई पूर्ण रुपमा न्याय गरेको भन्दै चौतर्फी प्रशंसा भएको थियो । कोरोनाको महामारी र लकडाउनका कारण रोकिएको आइडलको फिनाले भने अब छिटै नै सुरु हुने आयोजकले जानकारी दिएका छन् ।

 

Published date : 2020-07-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ