Flash

चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनि’मा काकु भनेर चिनिने कलाकार दिपक आचार्यले निर्देशन गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आइडल सिजन २ गायक पवन गिरीको स्वर रहेको गीत ‘मिल्टेरीको जुत्ता’ मा रमेश दाहालको शब्द र टिका दाहालको संगीत रहेको छ ।
नेपाल आइडलमा “चमत्कारी मान्छे” उपनाम पाएका गायक गिरीले यस गीत मार्फत आफुलाई भर्सटाइल गायकका रुपमा प्रमाणित गरेका छन्। लोक लयमा आधारित यस गीतमा स्वर पवन गिरीको रहेको छ । गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा चर्चित युगल जोडी सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन्। उनीहरुलाई अन्य डान्स क्रुले साथ दिएका छन्। गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले छायांकन गरेका हुन्। जीवन थापाले भिडियोलाई सम्पादन गरेका हुन्। वाइड लेन्स प्रोडक्सनको च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
रक विधामा रुचि राख्ने गायक गिरीले यसअघि ‘मलाई एक छिन देउ’ र दोस्रो गीत ‘बधाई छ’ सार्वजनिक गरिसकेका छन । वाइड लेन्स प्रोडक्सनका सीईओ प्रज्वल गजुरेल र विनोद भारतीको लगानीमा तयार भएको भिडियोमा रामजी बस्नेतलाई बिशेष धन्यवाद ज्ञापन गरिएको छ। यस गीतलाई माया गरिदिन टिम ‘मिल्टेरीको जुत्ता’ले सम्पुर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।

Published date : 2020-07-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ