Flash
काठमाण्डौ
बिगत देखि हाल सम्म धेरै सुन्ने संचारमाध्यमहरुको बिकास र बिस्तार भए।केहि रेडियोहरु स्थापित भए त् केहि रेडियो विस्तापित भए भने केहि रेडियोले अझै पनि श्रोताको मन जितिरहेको छ।यही रेडियोहरुको भिडमा सिटिजन एफएम पनि निकै उत्कृष्ट रेडियोको रुपमा लिने गर्दछन श्रोतले।
पछिल्लो समय डिजिटल मार्केटलाइ ध्यानमा राख्दै देश विदेशको श्रोतको नजिक पुग्ने सोचाई बोकेर खोलिएको रेडियो अब दर्शकको रोजाई समेत बन्ने भएको छ कारण रेडियो अब नेपालकै पहिलो भिडियो रेडियो बन्न सफल भएको छ।९७.५ मेगाहर्जबाट २०७४ श्रावनदेखि प्रशारण सुरु गरेको यस रेडियोले अध्याधुनिक प्रविधिको प्रयोग गरि नेपालकै पहिलो भिडियो रेडियो बनाउन सफल भएको हो।श्रोताले सुन्ने र दर्शकले हेर्ने क्रम बढिरहदा यसको ब्यबस्थापन र संरक्षणको लागि यो पहलिकदम अगाडी बढेको छ।मनोरन्जनलाई बढी प्राथमिकता दिदै आएको यस रेडियोले समाचार देखि बिभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको छ।रेडियोका प्रबन्ध निर्देशक बिजन दुवाडी भन्छन “यो नेपालमै पहिलो सुरुवात हामीले गरेका छौ।श्रोता दर्शकले सुन्न मात्रै हैन अब रेडियो हेर्न पनि खोजिरहेको छन र यो माग हामीले पुरा गर्न खोजेका हौ।प्रविधिको बिकास संगै भिडियो हेर्ने ब्यबस्था सिटिजन एफएमले पहिलो पटक सुरुवात गर्यो र हाम्रो परिक्षणनै सफल भएको छ।अब श्रोतले गीत संगीतको भिडियो,कार्यक्रम प्रस्तोताले बोलेको भिडियो,बिज्ञापन भिडियो देख्न पाउने छन।”
२०६७ सालदेखि सिटिजन एफएम को प्रशारण सुभारम्भ भएको थियो।हाल नया ब्यबस्थापन सहित पुन सिटिजन एफएम सिटिजन भिडियो एफएम बन्न सफल भएको हो।रेडियो आगामी योजना श्रोता दर्शकलाइ मात्रै न भएर देशका समग्र क्षेत्रलाई समेट्दै सामाजिक र स्वतन्त्र रेडियोको रुपमा आउने संचालक टिम बताउछन।रेडियो हाल काठमाण्डौको मुटु जमलको एमई बिल्डिङको चौथो तलामा रहेको छ।
Published date : 2018-01-21