Flash

राजु बोहरा–काठमाडौँ । पोहोर साल जस्तै यस बर्ष पनि नेपालि नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै बिभिन्न गीतहरु बजारमा आइरहेका छन् । यस भित्र धेरै गीत मात्र ब्यवसाहिकता केन्द्रित बनाईएको छ । यसैलाई ध्यानमा राख्दै मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्ने उदेस्य सहित संगीतकार तथा गीतकार श्रीकृष्ण बम मल्लले आफ्नै शब्द संगीतमा सामाजिक यथार्थता संग सम्बन्धित रहँदै एक गीतलाई भर्खरै सार्बजनिक गरेका छन् ।

एक परिवारको सदस्य घरदेशबाट परदेश हुँदा र फर्किंदा कोरोना भाइरसको संक्रमित भएपछी क्वारेन्टाइनमा उनको दैनिकी बित्छ्न् । अन्यकौं उपचार गर्दा पनि ति व्यक्तिले कोरोनालाई जित्न नसक्दा भएको मृत्यु तथा उक्त वियोगमा डुबेको परिवारको यथार्थतालाई गीतमा प्रस्तुत गरिएको छ ।

गीतमा मोडल करिश्मा ढकाललाई बिधुवाको भूमिकामा देखाइएको छ । आफ्नो श्रीमानको मृत्यु तीज कै समयमा भएपछी यस बर्षको तीज पर्ब आफ्नो माइती परिवार संग मनाउन नसकिएको बिलौना गीतको म्युजिक भिडियो देख्न सकिन्छ । “आमाले नदुखाउनु मन” नाममा बजारमा आएको गीतमा सर्वप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वर सुन्न सकिन्छ ।

“आमाले नदुखाउनु मन” बोलको गीतको म्युजिक भिडियोलाई श्रीकृष्ण बम मल्लले नै निर्देशन गरेका हुन् भने छायांकन बिनोद खड्का र राजन के.सी को साथै सम्पादन बिकाश ज्ञवालीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-07-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ