Flash

माघ ८, काठमाडौं । २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको चलचित्र ‘कथा ७२’ फस्ट लुक सार्वजनिक भएको छ । प्रवीण स्याङ्बोले लेखन, निर्देशन गरेको चलचित्रको युट्युवमा टिजर रिलिज गर्दै फस्ट लुक्स सार्वजनिक भएको हो ।

लोकल सिनेमा प्रा.लिको निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको ‘कथा ७२’ आउँदो वर्ष २०७५ को वैशाखमा प्रदर्शनमा आउने तयारीमा छ । यस चलचित्रलाई ‘सन डान्स् अन्तर्राष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका हुन् ।

‘कथा ७२’ को १ मिनेट ५८ सेकेन्डको टिजरमा सिन्धुपाल्चोक प्रशिद्ध उच्च पहाडी क्षेत्र पाँचपोखरी, भोताङ लगायतको क्षेत्रका सुन्दर दृश्यहरु समेटिएका छन् । मानवीय यात्रामा भूकम्पको प्रभावलाई प्रतिकात्मक दृश्यमा देख्न सकिन्छ । टिजरसंगै चलचित्रको पहिलो पोस्टर पनि सार्वजनिक गरिएको छ ।

प्रवीण स्याङबोको पुनरागमन

यसै चलचित्रबाट निर्देशक प्रवीण स्याङबो पाँच वर्षपछि दर्शकहरु माझ आउँदैछन् । यो उनको दोस्रो चलचित्र हो, यसअघि प्रवीणले २०६९ मा ‘अध्याय’ निर्देशन गरेका थिए ।

त्यस्तै मुख्य भूमिकामा रहेका अभिनेता आकाश मगर पनि केही वर्षको अन्तरालपछि यस चलचित्रबाट दर्शकहरु माझ आउँदै छन् । चलचित्रमा आकाशसँगै सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी, रोमस लगायतको अभिनय रहेको छ ।

मौलिक कथावस्तुमा चलचित्र निर्माण गर्ने अभियानका साथ लोकल सिनेमाले आफ्नो पहिलो प्रस्तुतिको रुपमा ‘कथा ७२’ प्रदर्शनमा ल्याउने तयारी गरेको हो । ‘कथा ७२’को आकाश पौडेल, सुशान्त श्रेष्ठ र प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेल निर्माता रहेका छन् ।

Published date : 2018-01-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ