Flash

राजु बोहरा–काठमाडौँ । निकै बर्ष यता नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल गायिका शान्ति रिजाल फेरी आफ्नो नयाँ सांगीतिक कोसेलीको साथमा बजारमा आएकी छिन् । उनि यस पटक भने नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ साल लक्षित गीतको साथमा बजारमा आएकी हुन् । त्यसो त शान्तिको हरेक बर्ष तीज गीतको प्रस्तुति आउने गर्दछ ।  यस बर्ष बजारमा आएको उनको तीज गीत “माइती गाउँ…..” बोलको रहेको छ । नेपाली तीज गीतहरुमा पछिल्लो समय बिकृति र विसंगति बढी मात्रामा आइरहंदा उनले आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ चिन्ता ब्यक्त गर्दै यस गीतलाई बजारमा ल्याएकी हुन् ।

वास्तब मा नै तीज गीतहरुमा नारीहरुको बर्ष भरिको थकाई र पिंडा बिसाउने रस हुन पर्ने हो । तर पछिल्लो पटक आएको गीतहरु मात्र युवा बर्ग लक्षित गर्दै ब्यवासहिकता केन्द्रित छन् । प्रस्तुत गीतमा शान्ति रिजाल पौडेलको एकल स्वर सुन्न सकिन्छ भने लय तथा शब्द सिर्जना गोपाल नेपाल जी.एम को रहेको छ । यस गीतको म्युजिक भिडियोमा तारा कार्की, कोपिला रसाइली र सुजना रिजालको अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन स्मृति तिमल्सिना “गुरुआमा” ले गरेकी हुन् भने छायांकन बिपिन क्षेत्री र सम्पादन प्रकाश धमलाले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-08-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ