Flash

राजु बोहरा–काठमाडौँ । पछिल्लो समय तीज गीतहरुमा फरक स्वाद प्रदान गर्नका निमित्त कलाकारहरु तल्लिन रहेको देखिन्छ । यसरी फरक स्वाद प्रदान गर्न खोजिएको धेरै गीतहरु विवादमा पनि मुछिएका छन् । सम्पूर्ण संचारकर्मी तथा श्रोता तथा दर्शकहरुको तर्फबाट पनि मौलिताको खोजि भैरहेको अहिलेको अवस्थामा अर्को एउटा त्यस्तै मोर्डेन तीज गीत “चेली आउने बाटो” बजारमा आएको छ । गीतको शब्द अत्यन्त लोभ लाग्दो रहेको छ । तर प्रस्तुत गीतमा प्रयोग भएका बाजागाजा र म्युजिक भिडियोलाई पनि शब्द अनुसार तयार पारिएको भए अझै सुनमा सुगन्ध थप हुन्थ्यो कि भन्ने कलाकारहरुलाई सुझाब रहेको छ ।

“चेली आउने बाटो” बोलको गीतमा सोनी बि.सी र अमोन रनको स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना बिष्णु कुमार गिरीले गरेका छन् । निकै फरक सैलिमा युवा बर्ग लक्षित तयार पारिएको यस गीतको म्युजिक भिडियोमा अमोन राना, सोनी बि.सी, मनिषा आचार्य, जिया आचार्य, सुष्मिता गिरी, सज्जा भट्ट, सुक्र लामा, सुदिप स्माली, जितु श्रेष्ठ, खेम तिवारी, बिष्णु कुमार गिरी, राज मगर र सरोज के.सीको अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

Published date : 2020-08-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ