Flash

नेपाली सांगीतिक छेत्रमा बहुमुखी प्रतिभा लिएर आएका  गायक सन्तोष खरेलको नयाँ गीत ‘लगन जुर्यो घरबार हुनलाई’ सार्वजनिक भएको छ । गायक स्वयम खरेलको शब्द र संगीत रहेको गीतमा उनलाई युगल स्वरमा गायिका मेलिना राइले साथ दिएकी छिन ।
गीतको म्युजिक भिडियोमा अनुप श्रेष्ठ ,अनिता गिरी,शिशिर तिमिल्सिना लगायतका कलाकारको अभिनय रहेको छ । मनोज विष्टको निर्देशनमा बनेको भिडियोमा राज महर्जनले कोरियो ग्राफी र रामकुमार के सीले छायांकन रहेको छ ।
भिडियोलाइ एमबी क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
लामो समयदेखि पुर्वको इटहरीमा बसेर नेपाली सांगीतिक आकाशमा निरन्तर चम्किरहेका बहुमुखी प्रतिभाका धनी सर्जक सन्तोष खरेलले यसअघि ५ वटा एल्बममा शब्द संगीत र आवाज दिइसकेका छन् भने त्यो बाहेक पनि धेरै चर्चित गायक ,गायिकाहरुले उनको संगीतमा स्वर दिसकेका छन् । उनका ५ वटा गीती एल्बमहरुमा ”अनन्त यात्रा”, ”एकन नजर” ,”तिम्रो साथ”,” प्रेमीपागलपन”, ‘यो मन” रहेका छन् ।

 

Published date : 2020-08-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ