Flash

काठमाडौं भाद्र ०२ । दरिलो मनले उचाईमा पुग्न सकिन्छ अनि सौहादैपूर्ण व्यवहारले टिक्न सकिन्छ । यस्तै परिचय बनाएका व्यक्तिमा पर्छन् आईते तामाङ । सिन्धुपाल्चोकको साविक कुञ्चोक गा.बि.स. अर्थात हालको इन्द्रावती गाउँपालिकामा जन्मिएका आईते तामाङले धेरै पहिलेदेखी नै राजधानीलाई कर्मथलो बनाएर अघि बढेका हुन् । सानैदेखी हक्कि स्वभाव भएपनि सबै उमेर समूहका मानिसहरुसँग मिल्न सक्ने मन भएका उनी सानैदेखि कलाकारिता क्षेत्रमा फरक पन खोज्ने व्यक्तिमा पर्दछन् । जुन खोजले उनलाई नेपाल टेलिभिजनबाट प्रशारण हुने तत्कालीन समयको चर्चित रियालिटी शो आँगनमा बिजेता बनाउँन सफल मात्र भएन आईतेले फुच्चे माईकल ज्याक्सनको उपनाम समेत दिलायो ।

हिड्ने मान्छे लड्छ र उठ्न जान्ने मान्छे अघि बढ्छ भन्ने आत्मबोधले उनलाई कहिले पनि छोडेन । मनको साहसले जुनसुकै अवरोधका पर्खालहरु भत्काउँन सक्छ भन्ने आँट मनमा बोकेर जुनसुकै तनाबलाई पनि पन्छाउँदै गए । आँगन कार्यक्रमबाट चर्चामा आएपछि उनले केही कला केन्द्रहरुमा नृत्य प्रशिक्षकको रुपमा समेत काम गरे र उनको स्वभाव र लक्ष्य अरुको कर्मचारी भएर काम गरेर खुम्चिने खालको थिएन । त्यसलाई मनमा लिए अनि आफैंले स्थापना गरे स्टार आर्ट डान्स स्टुडियो । मल्टी स्टारहरुको उत्पादन गर्ने लक्ष्यका साथ उनले उक्त संस्था सञ्चालनमा ल्याएका थिए ।

जिन्दगीलाई संघर्षले परिपक्क र लगावले सफल बनाउँछ भन्ने अठोट लिएका आईते तामाङको सञ्चालनमा रहेको स्टार आर्टले धेरै प्रतिभाहरु जन्माई सकेको छ । धेरै जना सेलिब्रेटी बनेका छन् तर आईते मिडिया या अन्य माध्यमबाट पर्दामा आउँदैनन् । आफ्नो स्टुडियोबाट उत्पादन भएर चर्चामा आउँने व्यक्तिहरुको सफलताबाट सन्तुष्ट रहेको बताउँने आईते विशेष गरी युवा पुस्ताले मन पराउँने शैलीको नृत्यको कारण पर्दा पछाडीको हिरो नै बनेका छन् ।

धेरै वटा कार्यक्रमहरुबाट सम्मानित बनेका उनले नै युवाहरुले मन पराउँने बि बोईङ नृत्यको सुरुवात मात्र गरेनन्, सबै भन्दा बढी अवार्ड दिलाउँने समूह बनाउँन सफल भए । अन्तराष्ट्रिय खेल पार्करलाई उनले नेपालमा भित्र्याएनन् मात्र, त्यही खेलबाट दिनेश सुनारले चार पटकसम्म गिनिज बुकमा नाम समेत लेखाउँन सफल भए । चर्चित फ्रेन्चाईच रियालिटी शो बुगी उगीकी बिजेता कबिता नेपाली मात्र होईन प्रमगीत ३ की बालनायिका योगिशा खत्री समेत स्टार आर्टका उत्पादन हुन् । बाल कलाकार रोहित थापा लगायतका धेरै कलाकारहरुले कुनै न कुनै माध्यमबाट नाम राख्न सफल भएका छन् । नेपालमा पार्कर खेलाडीहरुको एक मात्र संस्था नेपाल पार्कर एण्ड फ्री रनिङ एसोसिएशनको व्यवस्थापन समेत उनैले गर्दै आएका छन् ।

युवाहरुको प्रेरणाको श्रोत बनेका आईते कलाकारितामा मात्र छैनन्, उनी एक समाजसेवी र राजनीतिज्ञ पनि हुन् । तत्कालीन नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसिएलको महानगर ९ नं. वडाध्यक्ष र वाईसिएल जिल्ला सदस्यदेखि साँस्कृतिक विभाग प्रमुखसम्म बनेका आईते हाल नेकपाकै राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकसँग आवद्ध छन् । उनले कलाकारिता मात्र नभई राजनीतिमा पनि सक्रिय भएर देशको ना उच्च बनाई राख्ने लक्ष्य लिएका छन् । यसमा उनले आफ्नो परिवार र साथीभाईलाई सफलताको श्रेय दिएका छन् ।

Published date : 2020-08-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ