Flash

राजु बोहरा–काठमाडौँ ।  स्थायी घर रामेछाप भएका गायक रामकुमार कार्कीले एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा ल्याईरहेका छन् । उनले यस अगी कोइली चरी, कालापानी हाम्रै हो, मालिगाईको तर, घर त मेरो रामेछाप जिल्ला, कलियुगका केटि, जे गरे नि चल्यो लगाएतका अन्य थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

यस लगत्तै गायक रामकुमार कार्कीको पछिल्लो सांगीतिक कोसेली “म त लाहुरे” बोलको रहेको छ । बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतालाई प्राथमिकता दिने उनि बिकृतिजन्य गीतहरु बजारमा ल्याएर चर्चित बन्न खोज्नेहरु माझ उदाहरण हुन् । त्यसैले पनि रामकुमार चर्चामा भन्दा लोकप्रियताको पछी दौडीरहेका छन् ।

उनका हरेक गीतहरु लोकप्रिय बन्नुको कारण मौलिक संस्कृतिबाट कहिले अलग नरहनु हो । फल स्वरूप बजारमा आएको गीत पनि यहि नै पेरिफेरिमा रहेको छ । गीतमा रामकुमार कार्की र कमला खड्काको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना रामकुमार पौडेलले तयार परेका हुन् ।

भर्खरै बिदा भएको तीज पर्ब र त्यहि तीज गीतको रौनकता बाट बन्चित हुने अशंख्य श्रोता तथा दर्शकहरुका लागि यो गीत खुराक बन्नेमा शंका गर्ने ठाउँ छैन । गीतको अडियो जति मिठासपूर्ण ढंगले तयार पारिएको छ, सोहि अनुरुप म्युजिक भिडियो पनि तयार पारिएको छ । भिडियोमा अन्जली अधिकारी, रामचन्द्र बोहरा, रुपेश दानी, सुजन थापा र प्रेम खड्काको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-08-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ