Flash

राजु बोहरा–काठमाडौँ । पछिल्लो समय लोक तथा दोहोरी गीत संगीतको पेरिफेरिमा काँठे गीतले एउटा छुट्टै उच्चता प्राप्त गरिरहेको छ । सोहि भिडमा भीमसेन खतिवडाको “मायाको कसम” बोलको गीत पनि भर्खरै बजारमा आएको छ । भीमसेन गायन विधामा पोख्त रहनुका साथै संचार कर्चममा पनि अहिले व्यस्त रहेका छन् । बजारमा आएको “मायाको कसम” बोलको गीत उनि संगै गायिका राधिका ढकालको संयुक्त प्रस्तुति हो । गीतमा भिमसेन खतिवडा र राधिका ढकाल सुर्यमणी आचार्य र सिता खपाङगीको सुमधुर स्वर सुन्न सकिन्छ ।

मेलम्ची मीडिया नामक युट्युब च्यानलबाट बजारमा आएको गीतमा रुद्र केसी र भीमसेन खतिवडा शब्द रहेको छ भने लय पनि खतिवडा स्वयंले भरेका छन् । यस गीतको म्युजिक भिडियोमा अनु पराजुली र सुरज श्रेष्ठको उत्कृष्ट अभिनय रहेको छ । गीतमा एक प्रेमी जोडीलाई घरबार गर्न ढिला भएको बिषयलाई उठान गरिएको छ । भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2020-08-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ