Flash

वरिष्ठ बालरोग विशेषज्ञ डा.ध्रुव श्रेष्ठ गीत रचना र अभिनय संगै नेपाली सागीतिक आकाशमा प्रवेश गर्नु भएको छ
भक्तपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा.ध्रुव श्रेष्ठद्वारा रचित गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार डा.ध्रुव श्रेष्ठद्वारा रचित गीत ‘तिम्रो आँखाको भाकामा’ सुमधुर स्वरका धनी सनुप पौडेलको स्वर र सुमन रंजीतकारको संगीत रहेको छ । गीतको म्युजिक भिडियोलाइ ओएसआर डिजिटलको यूट्युब च्यानलबाट केहि दिन पहिला सार्वजनिक गरिएको हो।
डा.श्रेष्ठ तथा उनकी धर्मपत्नी सरु बुढाथोकी अभिनित गीतको म्युजिक भिडियोलाइ जीवन आचार्यले निर्देशन गरेका हुन जीवन रिजालको क्यामेरा र विकास दाहालको सम्पादन रहेको छ ।
गीतकार डा.श्रेष्ठले यो ‘तिम्रो आँखाको भाकामा’ गीतलाई केहि वर्षअघि आफ्नी जीवनसंगीनीलाइ प्रेम अभिव्यक्त गर्नका लागि कविताको रुपमा रचना गरेको र पछि उनका साथीहरु सामु त्यही कवितालाई सुनाउदा उनका साथी संगीतकार सुमन रंजीतकारले यसलाई संगीतबद्ध गर्ने प्रस्ताव गरेपछि यो गीत बनेको जानकारी दिनु भयो ।’तिम्रो आँखाको भाकामा’ गीतको भिडियोलाइ डा. श्रेष्ठ दम्पतीको आफ्नै कथामा बनाइएको हो ।

 

Published date : 2020-09-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ